काठमाडौँ । ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्सले ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ। मनसुनलाई लक्षित गरेर देशव्यापी लागु हुने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।
ओमोडा एन्ड जेइको ब्रान्डका गाडीहरूमा जुनसुकै ब्रान्डको पुरानो गाडी एक्स्चेन्ज गर्दा १ वर्षको लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्स्चेन्ज बोनस उपलब्ध हुनेछ । योजना असार ११ गतेदेखि लागू हुनेछ । अफरले नयाँ इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकलाई वित्तीय सहजता थप्नुका साथै विविध फाइदाहरू प्रदान गर्ने जनाइएको छ । योजना अन्तर्गत ग्राहकले मात्र २०% डाउनपेमेन्टमा ओमोडा र जेइको दुवै ब्रान्डको गाडी खरिद वा एक्स्चेन्ज गर्न सक्नेछन् । योजना अवधिभर गाडी खरिद वा एक्सचेन्ज गर्ने ग्राहकले ७ किलोवाट क्षमताको एसि चार्जर, १ वर्षको अटो प्लस इन्स्योरेन्स नि:शुल्क र मोटर तथा ब्याट्रीमा ८ वर्षको एक्सटेन्डेड वारेन्टि प्राप्त गर्नेछन् ।
पुराना गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ भने नयाँ इभि खरिद गर्दा १ वर्षसम्म शून्य ब्याजदरसहित ८०% सम्मको फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ । साथै, गाडी खरिद गर्दा ग्राहकहरूले सोझै नगद लाभ पनि प्राप्त गर्नेछन् ।
ग्राहकहरूले आफ्नो हालको गाडी एक्सचेन्ज गर्दै, आफ्नो चाहना र आवश्यक्ता अनुसार सुहाउँदो ओमोडा एन्ड जेइकोको अत्याधुनिक इलेक्ट्रिक गाडीका मोडलहरू: ओमोडा इ-फाइभ एलयुएक्स, ओमोडा इ-फाइभ डिएलएक्स र जेइको जे-सिक्स मध्ये एकमा अपग्रेड गर्न सक्नेछन् ।
एसपिजि अटोमोबाइल्स प्रा.लि., नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक हो ।
Comments are closed.