काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ ।
चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्नेछ । क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआइ मोबाइल फोन प्राप्त गर्नेछन् । यसका साथै, ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ ।
हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका तीन मोडल उपलब्ध छन्,ओमोडा इ५, जेइको जे५ र जेइको जे६। यी मोडलहरूको मूल्य क्रमशः ओमोडा इ५का लागि रु ५४.९९ लाख, जेइको जे५का लागि रु ५६.९९ लाख र जेइको जे६का लागि रु ६५.९९ लाख तोकिएको छ । क्याम्पमा सहभागीहरूले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्नेछन् ।
एसपीजी अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा, जेइको र ष्ऋब्ग्च् ब्रान्डहरूको आधिकारिक वितरक हो । उच्च गुणस्तरका, दिगो र वातावरणमैत्री सवारी साधनहरूको विविध पोर्टफोलियोमार्फत नेपालको हरित ऊर्जातर्फको यात्रालाई अघि बढाउन कम्पनी प्रतिबद्ध छ ।




Comments are closed.