काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्रा. लि.ले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक आकर्षक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै ग्राहकहरूलाई गाडी खरिद तथा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्न २०८२ जेठ ४ देखि १० गतेसम्म (तदनुसार मे १५ देखि २४, २०२५) ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुनेछ ।
‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् । यसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, र ब्याट्रि तथा मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि समावेश छन् । गाडीहरूको सुरूवाती मूल्य ८०% फाइनान्सिङ सहित मात्र रू. ५५,९९,००० रहेको छ ।
अझ उत्साहजनक कुरा, जेठ १७ (तदनुसार मे ३१) अघि नै गाडी डेलिभरि निश्चित गर्ने ग्राहकहरूका लागि विशेष पुरस्कारहरूको व्यवस्था गरिएको छ । जसअनुसार, गाडी डेलिभरि लिनेहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने अद्वितीय मौका पाउनेछन् भने एकजनाले बहुप्रतिक्षित आइफोन १६ प्रो जित्नेछन् । साथै, ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन र दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
यो अफर विशेषतः विद्युतीय गाडीहरूको लागि बैंक कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा झार्ने नयाँ सरकारी नियम लागू हुनुअघि ग्राहकहरूलाई लक्षित गरी ल्याइएको हो । यसले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ ।
एसपिजि अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो mobilité समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ । ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको कम्पनीले जनाएको छ । एसपिजि अटोमोबाइल्सले विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गरी यो सीमित समयको अफरको लाभ लिन आह्वान गरेको छ ।
एसपिजि अटोमोबाइल्स प्रा.लि.को बारेमा
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, नेपालमा ओमोडा एन्ड जेइकोको नेपालकोलागि आधिकारिक वितरक हो । थप जानकारीका लागि एसपिजि अटोमोबाइल्सलाई सम्पर्क वा वेबसाइट https://www.omodajaecoonepal.com/ भिजिट गर्नुहोला ।
Comments are closed.