काठमाडौं । नेपालमा ‘ओमोडा इ५’को सफलतासँग नयाँ इ५ प्रो भित्रिने भएको छ । थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ मोडल नेपाल भित्र्याउन लागिएको हो । हाल नेपाली बजारमा १ हजार ५ सय भन्दा बढी ओमोडा गाडी गुडिरहेका छन् ।
ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ इ५ प्रोले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको नेपालको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्सले जनाएको छ ।
हाल उपलब्ध भएको ओमोडा इ५मा भन्दा नयाँ गाडीमा स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश गरिएको छ।

छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ इ५ प्रो मार्फत, ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।







Comments are closed.