ओमोडा एन्ड जेइकोले ल्यायो देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’

काठमाडौं ।  ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना ल्याएको छ ।

असार २५ देखि २७ गतेसम्म (९ देखि ११ जुलाई) सञ्चालन हुने यो विशेष सेवा अभियानले देशभरका ग्राहकलाई गाडीको सुरक्षासम्बन्धी विभिन्न सेवाहरूमा विशेष छुट दिनेछ । मनसुनको समयमा सडकका कठिन परिस्थितिहरू सामना गर्न गाडीको कार्यसम्पादन र यात्राको सुरक्षित अनुभव सुनिश्चित गर्न चेक-अप क्याम्प सञ्चालन गरिएको हो ।

क्याम्पमा सहभागी ग्राहकले सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १००% छुट, टप वासमा १००% छुट, सस्पेन्सन पार्ट्स परिवर्तन गर्दा लेबर चार्जमा ५०% छुट, सामान्य बडी सप जबमा १०% छुट, र स्पेयर पार्ट्समा समेत १०% छुटको फाइदा लिन सक्नेछन् ।

यो अभियान देशभर १२ वटा आधिकारिक सेवा केन्द्रहरूमा एकसाथ सञ्चालन हुनेछ, जसमा काठमाडौँ, भक्तपुर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, चितवन, धनगढी, पोखरा, इटहरी, विर्तामोड, दाङ र सुर्खेतका सेवा केन्द्रहरू समावेश छन् । एसपिजि अटोमोबाइल्सले सबै ग्राहकलाई नजिकको सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पको फाइदा उठाई आफ्नो गाडीलाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.