दराजको ‘महाबचत बजार’ सेल: वर्षकै सबैभन्दा ठूलो अनलाइन किनमेल महोत्सव

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो अनलाइन किनमेल महोत्सवका रूपमा “महाबचत बजार” सेलको घोषणा गरेको छ । श्रावण २ देखि श्रावण १५ गतेसम्म (जुलाई १८–३१, २०२५) सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले सगरमाथाको चुचुरो जत्तिकै उच्च ८०% सम्मको बचत, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचरजस्ता विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

सेल अवधिभर फ्ल्याश सेलमार्फत हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा अत्यधिक छुट उपलब्ध हुनेछ । यस अभियानमा प्लेटिनम पार्टनर ब्रान्डहरू सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभरले २५% सम्मको छुट दिनेछन् । गोल्ड पार्टनरहरू ¥होटो, एंकर र मम्बड्सले ५०% सम्मको छुट दिनेछन् भने सिल्भर पार्टनर ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कले ६०% सम्मको छुट दिनेछन् ।

सेलको मुख्य आकर्षणका रूपमा रु. ८ देखि रु. ८,८५८ सम्मका मेगा डिलहरू राखिएका छन् । सीमित स्टकमा उपलब्ध यी डिलमा जियासिसको ८ केजी वासिंग मेसिन (रु. ४९,९९९), वानप्लस नोर्ड सीई फाइभ (रु. ४८,९९९), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी (रु. ३०,९९९), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (रु. १८,९९९) र अकारिटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०) मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

यसबाहेक, दुईजना भाग्यमानी ग्राहकले १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नेछन् । भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरूमा फ्ल्याट ६०% छुटको व्यवस्था पनि गरिएको छ।

दराजले सात वटा बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्टमा थप छुटको सुविधा पनि उपलब्ध गराउने भएको छ । क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि १५% छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १०% छुट (रु. ५०० सम्म) प्राप्त हुनेछ । सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंक रहेका छन् । साथै, ईसेवा वालेट प्रयोगकर्ताहरूले पनि विशेष रश आवर डिस्काउन्ट पाउनेछन् ।

दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्सको व्यवस्था पनि गरेको छ। जसअनुसार रु. १ लाखभन्दा बढी खरिद गर्ने ग्राहकले रु. १०,००० छुटको भौचर प्राप्त गर्न सक्नेछन् । यो अफर श्रावण २ (जुलाई १९) राति १२ बजेबाट सुरु भई सीमित अवधिका लागि लागू हुनेछ ।

दराज नेपालका अनुसार, बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट, मेगा डिलहरू र विभिन्न ब्राण्ड अफरहरूका साथ आयोजना हुने “महाबचत बजार” सेल वर्षकै सबैभन्दा फाइदाजनक किनमेल महोत्सव बन्नेमा कम्पनी विश्वस्त छ ।

अधिक जानकारीका लागि ग्राहकहरूलाई दराजको वेबसाइट, एप वा फेसबुक पेज हेर्न अनुरोध गरिएको छ ।

सन् २०१५ मा स्थापना भएको दराज हाल दक्षिण एसियाको प्रमुख ई–कमर्स प्लेटफर्मका रूपमा पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा दिइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवाका क्षेत्रमा पूर्वाधार विकास गर्दै दराजले ५० करोडभन्दा बढी जनसंख्यालाई प्रविधिमैत्री किनमेल अनुभव उपलब्ध गराउँदै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.