अर्बिटद्वारा आयोजित शैक्षिक मेलामा १२ सय विद्यार्थी सहभागी

काठमाडौं । अर्बिट इन्टरनेशनल एजुकेशनको आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित अर्बिटले आइतबार मेला आयोजना गरेको हो । अर्बिटको कार्यालय परिसरमा आयोजित मेलामा विद्यार्थीको आकर्षण देखिएको थियो ।

मेलामा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र आयरल्याण्डका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधि सहभागी थिए । ती कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विद्यार्थीहरुले त्यहाँको शिक्षा, शिक्षा नीति, छात्रबृत्ति, अध्ययन पछिको अवसर लगायतका बारेमा जानकारी लिएका थिए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष तथा अर्बिट इन्टरनेशनल एजुकेशनका निर्देशक शेषराज भट्टराईले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटनमा अर्बिटका निर्देशक प्रकाश पाण्डे र थिरलाल भट्टले विश्वविद्यालयका प्रतिनिधिलाई स्वागत गरेका थिए ।

मेलामा १ हजार २ सय भन्दा बढी विद्यार्थीहरु सहभागी भएको जनाइएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी माझ अर्बिटमा विद्यार्थीको आकर्षण देखिदै आएको छ ।

You might also like

Comments are closed.