“शिक्षा सँगसँगै स्वास्थ्य पनि” अभियानअन्तर्गत काठमाडौंमा नियमित स्वास्थ्य शिविर आयोजना

काठमाडौं । “शिक्षा सँगसँगै स्वास्थ्य पनि” भन्ने नाराका साथ बालबालिका वास्ता नेपाल (Love The Children Nepal), युनाइटेड नेचर इन्टरनेश्नल पिस (Unipun) नेपाल च्याप्टर, रोटरी क्लब अफ कपन, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र स्वयम्भू, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी समाज डेन्टल अस्पताल र LCK बिभुती छहारीको संयुक्त आयोजनामा काठमाडौं जिल्लाभित्रका महानगरपालिका र नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीय समुदायका लागि नियमित स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

संयुक्त पहलअन्तर्गत प्रत्येक हप्ता तीन वटा Health Camp (स्वास्थ्य शिविर) आयोजना हुँदै आएको छ । यस क्रममा तिलगंगा आँखा प्रतिष्ठानसँग पाँच वर्षको सम्झौता हिजो शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत कार्तिक १६ गते आइतबार स्वयम्भूस्थित युवा सहभागिता विद्यालयमा र कार्तिक १९ गते मंगलबार नागार्जुनस्थित गजुरमुखी माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने छ ।

आयोजक संस्थाहरूका अनुसार यस अभियानको उद्देश्य विद्यालय र समुदाय स्तरमा स्वास्थ्यप्रति सचेतना जगाउने, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने र “शिक्षा र स्वास्थ्य एकसाथ” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने हो ।

You might also like

Comments are closed.