निशेधाज्ञामा पनि घरघरमा अत्यावश्यक सामान पुर्याउँदै अनलाइन टिभी सप नेपाल

काठमाडौं । इकमर्श कम्पनी ‘अनलाइन टिभी सप नेपाल प्रालि’ले निशेधाज्ञाको समयमा पनि सेवालाई निरन्तरता दिएको छ । कम्पनीले यो समयमा अत्यावश्यक सामानहरु मात्रै होम डेलिभरी गरिरहेको प्रवन्ध निर्देशक आशिक अधिकारी (पृथ्वी)ले जानकारी दिए ।

‘निशेधाज्ञाको समयमा खाद्यान्न, बाफ लिने मेसिन, शारीरिक व्यायाम गर्ने मेसिन, ट्युसन कक्षा लिनका लागि प्रयोग हुने थ्रिडी म्याग्नीफायर लगायत अत्यावश्यक सामानहरु मात्रै अर्डर लिने र डेलिभरी दिने काम गरिरहेका छौं, उनले भने, ‘कोरोना महामारीको समयमा व्यापारलाई भन्दा पनि सेवालाई प्राथमिकता राखेका छौं ।’ स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सेवा प्रदान गरिएको अधिकारीले बताए ।

‘कोभिड महामारीसँगै निशेधाज्ञा लागु भएपछि काठमाडौं क्षेत्रमा मात्रै होम डेलिभरी सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । २०७३ मा सुरु भएको कम्पनीले निशेधाज्ञा अगाडिसम्म देशभर सेवा प्रदान गर्दै आइरहेको थियो । ‘निशेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा मात्रै सामान डेलिभरी गर्छौं,’ उनले भने, ‘निशेधाज्ञा खुलेर सहज भएपछि पुनः देशभर सामान डेलिभरी हुन्छ ।’

कम्पनीको वेवसाइट www.ots.com.np मा गएर ग्राहकले सामान अर्डर गर्न सक्छन् । ग्राहकले विशेष छुटमा सामानहरु प्राप्त गर्न सक्ने अधिकारीले बताए ।

नेपाल अनलाइन बिजनेस एसोसिएसनका उपाध्यक्षसमेत रहेका अधिकारीले अनलाइन व्यवसायलाई प्राथमिकता राख्नुपर्ने बताउँछन् । ‘कोभिड महामारीको समयमा पनि हामीले सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘सर्वसाधरण घरघरमै बस्ने वातावरण बनाउन पनि हामीले सेवा प्रदान गर्नु आवश्यक छ ।’

घरमा बसेका सर्वसाधरणले अत्यावश्यक सामान मात्रै अर्डर गर्ने हुँदा डेलिभरी सेवालाई सहज बनाउनुपर्ने उनको भनाइ छ । ‘कोभिड सुरु भएपछि अनलाइन सपिङ गर्ने क्रम बढेको छ र राज्यले यो व्यवसायलाई प्राथमिकता राख्नुपर्छ,’ उनले भने ।

 

You might also like

Comments are closed.