काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल अन्तर्गतको एरिया १ ले अक्सिजन रेगुलेटर सहयोग गरेको छ । कोभिड महामारीको समयमा हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको अवस्थालाई मध्यनजर गरी लायन्सले सहयोग गरेको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित मुलपानी हस्पिटललाई २८ वटा, महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविस्कार केन्द्रलाई ३० वटा र सर्वसाधरणलाई ३ वटा गरी ६१ वटा अक्सिजन रेगुलेटर डिष्ट्रिक्टका लायन वर्ष २०२१/२२का एरिया नं. १ का चिफ (मनोनित) तारामान धामीको नेतृत्वमा हस्तान्तरण गरिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, लायन्सका डिष्ट्रिक्ट इभ्यालुएसन हेड विनय बस्नेत लगायतको उपस्थितिमा यी सामग्री हस्तान्तरण गरिएको हो ।
Comments are closed.