प्याब्सकको पाचौँ अधिवेसन आगामी बैशाख ३० गते हुने

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को पाचौँ अधिवेसन आगामी बैशाख ३० गते हुने भएको छ ।

कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते शनिबार ११ बजे पाचौँ अधिवेशन आयोजना गर्ने निर्णय गरेको प्याब्सक कार्यसमिति महासचिब राजन श्रेष्ठले जानकारी दिएका छन् ।

साथै श्रेष्ठले कुनै प्याब्सक सदस्य भएका विद्यालयहरुको २०७९ सम्मको सदस्यता नविकरण गर्न बाँकी भए बैशाख १५ गतेसम्म नविकरण गर्न अनुरोध समेत गरेका छन् ।

jutta mela

साथै अधिवेशन कार्यक्रमको लागि इन्ट्री फी २ हजार तोकिएको छ । साथै उक्त दिन खाजा तथा खानको उचित व्यवस्थापन समेत गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

 

You might also like

Comments are closed.