प्याब्सकको आयोजनामा कार्याशाला गोष्ठी हुँदै

काठमाडौं । पूर्व प्राथमिक तह र प्राथमिक तहका कोडिनेटरका लागि कार्याशाला गोष्ठी तथा तालिम हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजना र दीक्षालय नेपाल फाउन्डेसनको सहकार्यमा कार्यक्रम हुन लागेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

जेठ २७ गते शनिबार दीक्षालय नेपाल फाउन्डेसनमा बिहान ९ बजेबाट कार्यक्रम हुने जनाइएको छ ।

प्याब्सकको नवनिर्वाचित कार्यसमितिले पदस्थापन पछि पहिलो कार्यक्रम आयोजना गरेको हो । प्याब्सकका महासचिव सुदिप काफ्लेको संयोजकत्वमा कार्यक्रम हुन लागेको हो ।

jutta mela

क्षमता अभिबृद्धि तथा नविनतम शैक्षिक अभ्यासका लागि कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.