काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को अध्यक्षमा डि.के. ढुंगाना सर्वसम्मत निर्वाचित हुने भएका छन् । राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको उम्मेदवारी दर्तामा केन्द्रीय अध्यक्ष पदमा ढुङ्गानाको मात्रै एकल उम्मेदवारी परेको हो ।
चैत ९ र १० गते हुने १५औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार साँझसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।
त्यस्तै महिला उपाध्यक्षमा संगीता सिलवाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपानेको मात्रै उम्मेदवारी परेकाले उनीहरु पनि सर्वसम्मत निर्वाचित हुनेछन् । अन्य पदमा पनि एक भन्दा बढीको उम्मेदवारी परेकाले निर्वाचन हुनेछ ।
दावी विरोध र मनोनयन फिर्ताको समय चैत ६ गते १२ बजेसम्म तोकिएको छ । ९ र १० गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
Comments are closed.