प्याव्सनद्वारा आइटी फेडेरेसन नेपाल र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग सम्झौता

काठमाडौं । प्याव्सनले आइटी फेडेरेसन नेपाल र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग सहकार्यको सम्झौता गरेको छ । बुधबार एक कार्यक्रमबीच सम्झौता गरिएको हो ।

इन्फरमेसन टेक्नोलोजी कम्युनिकेसन एण्ड क्यापासिटी डेभलपमेन्ट इन लाइब्रेरी म्यानेजमेन्ट फर आइटी प्रोफेसनल्स एण्ड स्कुल लाइब्रेरियन तालीम प्रदान गर्नका लागि सम्झौता गरिएको हो ।

सम्झौतामा प्याव्सनका अध्यक्ष डि.के ढुङ्गाना,  लाइब्रेरी डेभलपमेन्ट फोरमका कार्यकारी निर्देशक यज्ञराज भट्ट र आइटी फेडेरेसन नेपालका अध्यक्ष राजु कुशवाहले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै प्याव्सनका अध्यक्ष डि.के ढुङ्गानाले प्याव्सनमा आवद्ध करिव ५ हजार विद्यालयमा एक लाइब्रेरियन र एक आइटी पर्सन पुर्याउने पुर्याउने लक्ष्य रहेको जानकारी दिए । अहिलेको समयमा आइसिटीको महत्व धेरै रहेको र माग पनि बढिरहेको उनले बताए ।

लाइब्रेरी डेभलपमेन्ट फोरमका कार्यकारी निर्देशक यज्ञराज भट्टले अध्ययनको बानी परिवर्तन गर्नुपर्ने बताए । पुस्तकालयलाई पुस्तक स्टोर गरेर राख्ने स्थानका रुपमा मात्र विकास नगरी अध्ययन स्थलका रुपमा विकास गरिनुपर्ने उनको भनाई छ । आइटी फेडेरेसन नेपालका अध्यक्ष राजु कुशवाहले आइटीको क्षेत्रमा विद्यालयमा आवस्यक पर्ने जनशक्ती उत्पादन गर्न आफुहरुले सक्दो सहयोग गर्ने बताए ।

You might also like

Comments are closed.