बागलुङको भुजीमा पहिरोले घर बगाउँदा १३ बेपत्ता

 

पोखरा ।बागलुङमा पहिरोले ३ वटा घर बगाउँदा १३ जना बेपत्ता भएका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ भुजीमा पहिरो जाँदा ३ वटा घर बगाउँदा उनीहरु बेपत्ता भएको बागलुङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि राती आएको पहिरोले ३ घरको नामोनिसान नरहने गरि बगाएको देखिएको प्रहरीको भनाई छ । घरका कोहिपनि सम्पर्कमा नरहेको र उनीहरुको खोजी शुरु गरिएको प्रहरीले बताएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।

You might also like

Comments are closed.