मार्चमा पाकिस्तानको मुद्रास्फीति ५० बर्ष यताकै सबैभन्दा उच्च

इस्लामावाद । सन् १९६५ को जुलाईपछि मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ ।

उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ ।

गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पुर्‍याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।

jutta mela

मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५।४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो ।

मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्यांक ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताए ।पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकांक मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकांकमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत बर्षदेखि शुरू गरेको युद्धका कारण पाकिस्तान लगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ । रासस/एएनआई

You might also like

Comments are closed.