काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये विभिन्न समूहलाई छुट्याएर बाँडफाँट गरिसकेपछि बाँकी ४५ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि खुला गरिएको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।



Comments are closed.