पोखराको न्यूरोडमा पाल्पा हाउस संचालनमा

पोखरा । पाल्पा र पोखराबीच पुरानो सम्बन्ध हो । पहिले पोखरेली पढ्न पाल्पा जान्थे । समयक्रमसँगै विभिन्न कामकाजको सिलसिलामा पाल्पालीहरु पोखरा झरे । पाल्पा जिल्ला घर भई हाल पोखरामा विभिन्न पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा पाल्पाली समाज पोखरा जन्मियो । सम्पर्क समाजमा यो सबैभन्दा पुरानो हो । समाजकै पहलमा पाल्पा हाउस प्रा.लि., पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.र पाल्पाली कोलोनी खुले ।

गण्डकी प्रदेशको प्रमुख पर्यटकीय स्थल पोखरा र लुम्बिनी प्रदेशको अर्को पर्यटकीस्थल तानसेनलाई जोड्न पाल्पा हाउस प्रालिद्वारा पोखरा–९, न्यूरोडमा मायाको प्रतीक रानीमहलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण गरी संचालनमा आएको छ ।

करिब २ करोडको लगानी रहेको यो पाल्पा हाउस समुद्घाटनको अन्तिम तयारीमा रहेको तपाईसमक्ष जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं । पाल्पा हाउसको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले यही चैत १० गते शुक्रबार संयुक्त उद्घाटन गर्नेछन् । सो अवसरमा एक सातासम्म विभिन्न सेवामा छुटको व्यवस्था मिलाइएको छ ।

jutta mela

विशेषतः पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने हाम्रो मूल उद्देश्य हो । पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत फलफूल तथा कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मूल्यमा यहीबाट उपलब्ध गराइनेछ । त्यस्तै कास्कीको पहिचान जेठोबुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण गरिनेछ ।

एकै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले पाल्पा हाउसमा कुल १७ सटरमा विभिन्न प्रकृतिका पसलहरु संचालित छन् । पाल्पा हाउस प्रालिको ‘रानीमहल रेष्टुरेन्ट’ बाट पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयला लगायत चलनचल्तीका खानाका विभिन्न स्वाद पस्किनेछ ।
समग्रमा पाल्पा हाउसले कास्की र पाल्पामात्र नभै गण्डकी र लुम्बिनी प्रदेशकै पर्यटन प्रवद्र्धनसहित आर्थिक गतिविधिमा टेवा पुर्‍याउने हाम्रो विश्वास छ । भविष्यमा पाल्पा हाउस मुलुकका विभिन्न सहरमा पनि बिस्तार गर्दै जाने हाम्रो लक्ष्य छ ।

 

You might also like

Comments are closed.