जलानलाई ‘आइसिटी एक्सिलेन्स अवार्ड’

ललितपुर । पंकज जलान सम्मानित भएका छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष उनी ‘आइसिटी एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएका हुन् ।

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसका अवसरमा उनी सम्मानित भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमबीच जलानलाई उक्त अवार्ड वितरण गरेका हुन् ।

नेपाल सरकारबाट प्रतिष्ठित आइसिटी अवार्ड प्राप्त गर्न पाउँदा निकै गर्व महसुस भएको जलानले बताए ।

उक्त अवसरमा अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.