‘स्वदेशकै आइटी शिक्षा, स्वदेशमै रोजगार’

पंकज जलान, अध्यक्ष, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन

सूचना प्रविधिका क्षेत्रमा नेपालमा भएको विकासमा क्यान इन्फोटेकको महत्वपूर्ण भूमिका र योगदान रहेको मैले महसुस गरेको छु ।

विगत २५ वर्षदेखि क्यान इन्फोटेकले सूचना तथा प्रविधिका क्षेत्रमा जनचेतना फैलाउने काम गर्दै आएको छ । विश्वभर नयाँ नयाँ आएका प्रविधिहरुको प्रवद्र्धन गर्नुका साथै नेपालमा भित्र्याउने र प्रदर्शनमा ल्याउने काममा पनि इन्फोटेकको सकारात्मक योगदान रहेको मान्न सकिन्छ ।

सूचना तथा प्रविधिका क्षेत्रमा संसारभर भएका नवीनतम गतिविधिलाई नेपालमा पब्लिक माझ पुर्‍याउने काम पनि इन्फोटेकले गर्दै आइरहेको छ । धेरैले क्यान इन्फोटेकलाई कुरेर बस्ने गरेको हामीले पाएका छौं । आइटी क्षेत्रको अध्ययन र आइटी सामान खरिदका लागि पनि इन्फोटेक धेरैको आकर्षण बन्ने गरेको छ । पछिल्लो समय अनलाइन सपिङले घरघरमै सामान आइपुग्ने अवस्था आएको छ ।

jutta mela

परिवर्तित समयलाई मध्यनजर गर्दै इन्फोटेकको रणनीति पनि सामान बेच्नेतर्फ भन्दा पनि नयाँ टेक्नोलोजी अध्ययनमा जोड दिइएको पाइन्छ । स्टार्टअपका क्षेत्रमा पनि क्यान इन्फोटेकको योगदान छ ।नेपालको सूचना प्रविधिको प्रवद्र्धन र नेपाललाई सूचना तथा प्रविधिका क्षेत्रमा विश्व मानचित्रमा स्थापित गर्नमा क्यान महासंघ र क्यान इन्फोटेकको योगदान नकार्न सकिन्न । आगामी दिनमा पनि यस्ता खालको मेलालाई निरन्तरता दिन आवश्यक छ ।

सूचना तथा प्रविधिका क्षेत्रमा लाग्ने विद्यार्थीहरुका लागि डिग्री भन्दा पनि स्किल डेभलपमेन्टमा जोड दिन जरुरी छ । सर्टिफिकेट कसरी लिने र कसरी पास हुने भन्दा पनि ज्ञान कसरी बढाउने भन्नेतर्फ शिक्षा प्रदायक संस्था र स्वयम विद्यार्थी पनि सचेत रहनुपर्छ । आफूलाई आइटी क्षेत्रमा कसरी पोख्न बनाउने भन्ने सोच हुन जरुरी छ । कोर्ष करिकुलम र पढाउने कोर्ष कन्टेन्टमा ध्यान दिएर शिक्षा हासिल गर्र्नु नै आजको आवश्यकता हो ।

आजको दिनमा आइटी क्षेत्रमा अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता पनि हटेको हामीले महसुस गरेका छौं । विद्यार्थीले आफूले चाहेजस्तो अन्तर्राष्ट्रिय शिक्षा नेपालबाटै हासिल गर्न सक्छन् । नेपालमै अध्ययनसँगै रोजगारीको अवसर पनि राम्रो छ । आफ्नै देशमा अध्ययन गरेर स्वदेशमै राम्रो काम गर्ने अवसर पाउनु राम्रो पक्ष हो । नेपालमै शिक्षा र स्वदेशकै रोजगारको अभियानमा म लागिरहेको छु । हामी सबै यो अभियानमा लाग्न जरुरी छ । कुराकानीमा आधारित

You might also like

Comments are closed.