नगरकोट लामाडाँडाको होटल प्याराडाइज भिल्लामा आन्तरिक पर्यटकलाई विशेष छुट

नगरकोट । पर्यटकीय क्षेत्र नगरकोटमा हालै सञ्चालनमा आएको होटल प्याराडाइज भिल्लाले आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष छुटसहित सेवा प्रदान गरिरहेको छ । प्याराडाइज इन प्रा.लि. अन्तर्गत सञ्चालित होटलले कोभिड महामारी पछिको अवस्थालाई मध्यनजर गरी विशेष छुटसहित सेवा प्रदान गरिरहेको रहेको प्रवन्ध निर्देशक अनिल भण्डारीले जानकारी दिए ।

भण्डारीसहित होटलमा प्रमोद डम्जनको लगानी छ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित लामाडाँडामा सञ्चालित होटल आकर्षक र सुविधा सम्पन्न छ । डिलक्स र स्ट्याण्डर्ड गरी होटलमा २२ वटा रुम छन् । ६० जना क्षमताको सेमिनार हल तथा रेष्टुरेन्टको सुविधा पनि होटलमा छ । ‘शान्त तथा पारिवारिक वातावरणमा होटल सञ्चालन भइरहेको छ,’ उनले भने ।

टिभी, इन्टरकम, २४सै घन्टा तातो चिसो पानी, वाइफाइ, हाइकिङ, पर्याप्त पार्किङ लगायतका सुविधा होटलमा उपलब्ध छन् । आन्तरिक तथा बाह्य गरी दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएपनि कोभिड पछि आन्तरिक पर्यटक नै होटलमा बढी आउने गरेको अपरेसन म्यानेजर दीपक पोखरेलले जानकारी दिए । होटलमा करिब ७ करोड लगानी भएको छ ।

प्याराडाइज इन प्रालि अन्तर्गत बढानिलकण्ठमा टपेस रिसोर्ट र हलेसीमा हलेसुङ रिसोर्ट पनि सञ्चालनमा छन् । यी होटलमा पनि आन्तरिक पर्यटकलाई विशेष छुट प्रदान भइरहेको भण्डारीले जानकारी दिए । ‘आन्तरिक पर्यटकलाई २० प्रतिशतसम्म छुट प्रदान गरी सेवा दिइरहेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.