गोदावरीमा खुल्यो ‘प्याराडाइज हिल्स होटल’

गोदावरी । ललितपुरको गोदावरी क्षेत्रस्थित बाडे गाउँमा प्याराडाइज हिल्स होटल रिसोर्ट सञ्चालनमा आएको छ । बाडे गाउँमा रहेको स्वेत वाराही मन्दिरको नजिकै ३ रोपनी जग्गामा सञ्चालनमा आएको होटलमा रेष्टुरेन्ट, ब्याङक्युट कन्फ्रेन्स हलसहित १४ वटा डिलक्स रुम छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएका हौं,’ अपरेसन म्यानेजर सोमराज अधिकारीले जानकारी दिए ।

होटलको व्यवस्थापन हस्पिटालिटी तथा होटल क्षेत्रमा काम गर्दै आइरहेको कम्पनी प्याराडाइज इनले गरेको छ । प्याराडाइज ग्रुपका डाइरेक्टरहरु अनिल भण्डारी र प्रमोद डोमजोन यो क्षेत्रमा अनुभवी व्यक्ति मानिन्छन् ।

प्याराडाइज इनको व्यवस्थापनमा सञ्चालनमा आएको प्याराडाइज हिल्स होटलले स्तरीय सेवा प्रदान गर्ने प्याराडाइज इनका बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले बताए । होटलमा कार्यक्रम गर्नका लागि कन्फ्रेन्स हल छ भने पार्किङको सुविधा पनि छ ।

इभेन्ट म्यानेजमेन्ट, पिकनिक, फेमिली ग्यादरिङ, मिटिङ, सेमिनार, बिवाह, वर्थडे पार्टी लगायतका गतिविधिका लागि होटल उपयुक्त रहेको पोखरेलले बताए ।

 

You might also like

Comments are closed.