काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर “Drive More, Celebrate More” सार्वजनिक गरेको छ । असोज ६ गते शुरु भएर देखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउनेछन् ।
“Drive More, Celebrate More” अफरमाdf MG HS PHEV/ HEV, MG U9 EV, MG IM6, MGS6 EV, MGS5 EV र MG4 लगायतका मोडलहरू समावेश छन् ।
हालै नेपाली बजारमा सार्वजनिक गरिएको MG HS PHEV/ HEV ले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्दछ। त्यसैगरी MG U9 EV क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको ४*४ इलेक्ट्रिक पिकअप हो। त्यसैगरी, MGS6 EV मा १८० KW मोटर, RWD, , इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ ।
त्यस्तै, ग्राहकमाझ लोकप्रियMGS5 EV ४३.९९ लाखदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको र RWD तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यससँगै ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।
यस अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन ग्राहकहरुलाई पारामाउण्ट मोटर्सले आफ्नो नजिकको एमजी शोरुममा पाल्न हुन अनुरोध गरेको छ ।






Comments are closed.