पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

 

दमौली । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए ।

You might also like

Comments are closed.