बिषम परिस्थितीमा समाजसेवामा खटिदै परिवर्तन नेपाल

पोखरा । परिवर्तन नेपालले आफ्नो दोस्रो अभियान स्वरुप खाद्यान्य वितरण गरेको छ । पोखरा महानगरपालिका १ कसेरी वस्तीमा पुगेर करिव ४२ परिवारलाई संस्थाले खाद्यान्य वितरण गरेको परिवर्तन नेपालका सचिव हरि कार्कीले जानकारी दिए ।

पहिलो अभियान अन्तर्रगत कोरोना महामारीको बिषयम परिस्थितीलाई मध्यनजर गर्दै निःशुल्क रुपमा स्वाव संकलन तथा स्वास्थ्य परीक्षणको गरिएको संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरपालिका १८ सराङकोट र २४ कास्कीकोटमा स्वाव संकलन गरेपछि जेठ ५ गते पोखरा २५ हेम्जामा पनि स्वाव संकलन गरेको बताइएको छ । साथै यस कार्यक्रममा सहकार्य गर्न चाहने संघ संस्था, व्यवसायी, तथा व्यक्तीमा सम्पर्कको लागि संस्थाले अपिल गरेको छ भने सहयोग गर्नेलाई आभार व्यक्त गरेको छ ।

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.