लेखनाथ महोत्सवको सहप्रायोजकमा पशुपतीको साथ

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १९औं संस्करणको लेखनाथ महोत्सवलाई पशुपती विस्कुटले साथ दिएको छ । महोत्सवलाई सफल बनाउन श्री पशुपती विस्कुट इन्डष्ट्रिजले सहप्रायोजन गरेको हो ।

बजार प्रवद्र्धन र आयोजकसँगको सहकार्यको उद्देश्यले महोत्सवमा पशुपती विस्कुटको तर्फबाट सहप्रायोजन गरिएको इन्डष्ट्रिजका कन्ट्री सेल्स म्यानेजर केशरबहादुर जिसीले बताए ।

नेपाली बजारमा पशुपती ब्राण्डका विस्कुटहरु लोकप्रिय रहेको उनले बताए । पशुपतीका मारी, सुप्रिम, सोल्टी, सुगरफ्रि क्रेकर, टप, युमी, बर्गन लगायतका विस्कुट बजारमा उपलब्ध छन् । वि.सं. १९७२ बाट उत्पादन सुरु भएको पशुपती विस्कुटले नेपालको विस्कुट उद्योगका अग्रणी पहिचान बनाउन सफल छ ।

नेपालको विस्कुट बजारमा कुल इन्डष्ट्रिजको १५ प्रतिशत बजार हिस्सा ओगटेको जिसीले जानकारी दिए । ‘नेपालको विस्कुट उद्योगका क्षेत्रमा पशुपतीको विशेष पहिचान छ,’ उनले भने, ‘आम उपभोक्ताको माया र विश्वासकै कारण यो सम्भव भएको हो ।’ गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर उद्योगले विस्कुट उत्पादन गरिरहेको उनले बताए ।

You might also like

Comments are closed.