नेपाली बजारमा लोकप्रिय बन्दै ‘प्यासन टिस्यु’

काठमाडौं ।  नेपाली बजारमा गुणस्तरीय र आधुनिक विकल्पका रूपमा ‘प्यासन टिस्यु’ ब्राण्डले आफ्नो स्थान बनाउँदै गएको छ ।  मैनाली इन्डस्ट्रिज प्रा.लि.द्वारा उत्पादित यो ब्राण्डले ‘साफसुग्घरता र सौन्दर्य दुबै’ नारासहित उपभोक्तामा विश्वास जगाउने काम गरेको छ । पूर्ण रूपमा नेपालमै उत्पादन हुँदै आएको ‘प्यासन टिस्यु’मा १०० प्रतिशत भर्जिन पल्प प्रयोग गरिन्छ, जसले यसलाई कोमल र छालासँग मैत्री बनाउने कम्पनीको दाबी हो ।

वर्तमान समयसम्म यस ब्राण्डले बजारमा फेस टिस्यु, बाथरुम टिस्यु, नैपकिन र किचेन टावल गरी चार प्रकारका टिस्यु उत्पादन सार्वजनिक गरिसकेको छ । रोल टिस्युहरू विशेषगरी ‘प्राइम’ र ‘कम्प्याक्ट’ नामका मोडेलहरूमा उपलब्ध छन्, जसलाई डिस्पेन्सरमैत्री हुने गरी डिजाइन गरिएको छ । प्राइम र कम्प्याक्ट मोडेल अन्तर्गत रोलको साइज र शीट संख्या फरक–फरक विकल्पमा उपभोक्तालाई प्रस्ताव गरिएको छ ।

उत्पादन कार्य चाबहिलको कुमारीगलस्थित मैनाली इन्डस्ट्रिज प्रालिमा अत्याधुनिक मेसिनरी र टेक्नोलोजी प्रयोग गरेर गरिन्छ । वितरण कार्य मैनाली मार्केटिङमार्फत सञ्चालन भइरहेको छ । कम्पनीले विश्वस्तरको गुणस्तर कायम राख्दै उपभोक्तालाई उचित मूल्यमा उत्पादन उपलब्ध गराउने लक्ष्य लिएको छ । ब्राण्डले विशेष गरी अत्याधिक, कोमल, उच्च स्तरीय गुणस्तर, ‘१००% खुला प्रयोगको लागि शुद्ध पल्प, र डिस्पेन्सर फ्रेन्डली डिजाइनमा टिस्यु उत्पादन गरेको छ । जुन घर, कार्यालय र सार्वजनिक स्थानहरूमा सजिलै प्रयोग गर्न मिल्छ ।

प्यासन टिस्युले आयातीत टिस्यु उत्पादनहरूप्रति निर्भरता कम गर्ने भूमिका खेलिरहेको छ । स्वदेशी उत्पादनप्रतिको उपभोक्ताको विश्वास बढेपछि नेपाली बजारमा सेल्फ रिलायन्सको भावना जागृत भएको देखिन्छ । उपभोक्ताहरूले गुणस्तर, सुविधा र छालामा हुने प्रभाव हेरेर यो ब्राण्ड रोज्ने गरेका छन् । स्वदेशभरका खुद्रा पसल, सुपरमार्केट तथा होटेल, रेस्टुरेन्टहरूमा ‘प्यासन टिस्यु’का उत्पादनहरू देख्न सकिन्छ । बजारमा प्रचारप्रसार र सफा, व्यावसायिक प्याकेजिङले पनि यसलाई थप विश्वसनीय बनाएको छ ।

‘प्यासन टिस्यु’ले नेपाली बजारमा एउटा भरोसायोग्य, स्वदेशी र गुणवत्ता–उन्मुख विकल्पको रूपमा उभिने काम गरेको छ । गुणस्तरमा सम्झौता नगर्ने, उपभोक्ताको आवश्यकता बुझ्ने तथा उचित मूल्यमा सेवा दिने उद्देश्यले यो ब्राण्डले छोटो समयमै लोकप्रियता प्राप्त गरिसकेको छ । भविष्यमा बजार विस्तार र उत्पादन विविधता थपेर यो ब्राण्ड अझ सुदृढ बन्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.