काठमाडौं । नवलपरासीमा ७ महिनामा १० हजारले लिए राहदानी लिएका छन् । नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम)बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा १० हजारले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्यांक सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ ।
विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपछि कुण्ठित भएर बस्नुपर्ने अवस्था रहेकामा अहिले मानिसको सोच परिवर्तन भएसँगै महिलालाई समाजमा बस्न, घुलमिल हुन केही सहज भएको परियोजनाले निष्कर्ष निकालेको छ । रासस
Comments are closed.