‘भ्यालेन्टाइन डे’मा पठाओद्वारा राइडर र ग्राहक दुबैलाई प्रेममय उपहार

काठमाडौं । प्रेमको उत्सव भ्यालेन्टाइन डेको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित प्रेममय उपहार कार्यक्रम घोषणा गरेको छ।

पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो ।

राइडर आफ्नो जोडी सहित उक्त डिनरमा सहभागी हुनेछन्। भ्यालेन्टाइन डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

साथै पठाओको दश वटा ट्याक्सीमा भ्यालेन्टाइन डेको दिन मायाको पाटी राखिनेछ। सो दिन ट्याक्सी प्रयोग गर्ने ग्राहकहरूले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्छन्।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो।

सन् २०२० सेप्टेम्बरदेखि पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा पनि दिँदै आएको छ।

You might also like

Comments are closed.