अर्थतन्त्रमा देखिएको चुनौतीलाई सकारात्मक बनाउन सरकार लागेको छ : अर्थमन्त्री

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिले आर्थिक दृष्टिकोणले केही चुनौतीको सामना गर्नु परेकाे र त्यसलाई सकारात्मक बनाउन सरकार लागि रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम(तारा प्रधान इनर्जी ल्याब भवनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, टे«ड ब्यालेन्सको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौँ ।’

त्यस्तै, यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै अर्थमन्त्रीले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे ।

अर्थमन्त्री  पौडेलले भने,  ‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो’ ।’

सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा थियो । मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे ।

उनले समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायित्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए ।उनले सो अवसरमा हाइड्रो इन्जिनियर स्व बलराम प्रधानले ऊर्जा क्षेत्रमा पुर्‍याएका योगदानको अनुसरण गर्न आग्रह गरे ।

 

 

You might also like

Comments are closed.