निजी क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिने  प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले राष्ट्र बैंकले  उद्योगी व्यवसायीहरूको समस्यालाई न्यूनीकरण सहुलियतको योजना तय गरेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३औं साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै सो  प्रतिबद्धता व्यक्त गरेका  हुन् ।

अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरूको समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सहुलियतको योजना तय गरेको र उद्योगी व्यवसायीहरूको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताए ।

त्यस्तै उनले राष्ट्र बैंकले अघि सारेका नीतिले थौरै भएपनि व्यवसायीको समस्याप्रति राष्ट्र बैंक सकारात्मक रहेको संकेत गरेको धारणा राखे।

ऋणीहरूको समस्यालाई केही सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवारब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उनले बताए। पौडेलले अहिले मुलुकको आर्थिक अवस्थामा राम्रो नभएपनि आत्तिनुपर्ने अवस्था नरहेको तर सबै मिलेर प्रतिकुलताका बेला धैर्यताका साथ काम गर्नुपर्ने बताए।

You might also like

Comments are closed.