पौडेल इन्टरप्राइजेजले भित्र्यायो एमके र एमके मोटो ब्रान्डका पार्ट्स

काठमाडौं । भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विर पार्ट्स उपलब्ध गराएको घोषणा गरेको छ । नेपाली बजारमा पहिलेदेखि नै विभिन्न ब्रान्डका टु ह्विल्स पार्ट्स उपलब्ध गराउँदै आएको पौडेल इन्टरप्राइजेजले अब यी ब्रान्डका पार्ट्स समेत उपलब्ध गराउने छ ।

एक कार्यक्रमका बिच एबी ग्रुप र पौडेल इन्टरप्राइजेजले व्यापारिक साझेदारीको घोषणा गरेका छन् । रिटेलर गेट टुगेदर नाम दिइएको सो कार्यक्रममा एमके र एमके मोटो ब्रान्डका विभिन्न पार्ट्स समेत सार्वजनिक गरियो ।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारी, एमके अटोमोटिभ इन्डियाका नेसनल सेल्स एड्भाइजर एसबीएम तिवारी, एचआर हेड पंकज चौहान र सिनियर एडमिन अफिसर खालिद सिद्दिकी तथा पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायण प्रसाद पौडेल (राजन) ले पार्ट्स सार्वजनिक गरे ।

jutta mela

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारीले सन् १९५९ देखि नै विभिन्न मोडलका स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको एबी ग्रुपले नेपाली बजारमा पहिलो पटक आफ्नो ब्रान्ड उपलब्ध गराएको र सधै गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको मान्यतालाई आगामी दिनमा समेत सदैव पालना गर्ने बताए । भारतमै उत्पादन हुने प्रतिष्ठित ब्रान्ड भएको र यसका लागि विश्व स्तरका विभिन्न कम्पनीसँग प्राविधिक सहकार्य समेत गरेकाले गुणस्तरीय उत्पादन उपलब्ध गराउन सहयोग पुगेको उनले बताए ।

पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायण प्रसाद पौडेल (राजन) ले विगत २५ वर्ष देखि दुई पांग्रे सवारी साधनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइरहेको र अब थप गुणस्तरीय उत्पादन एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ एमके ब्रान्ड रोजेको बताए । विगत ६ महिना देखि नै यो ब्रान्ड आफूले परीक्षण गरिरहेको र विभिन्न अध्ययन समेत गरेर यही ब्रान्डसँग सहकार्य गर्ने निर्णय गरेको उनले बताए ।

पौडेल इन्टरप्राइजेजका डाइरेक्टर राजीव पौडेलले नेपाली बजारमा राम्रो उत्पादन उपलब्ध गराएको र व्यवसायीहरुबाट सधै जस्तै साथ र सहयोग पाउने अपेक्षा गरे ।

एबी ग्रुप अन्तर्गतको एमके अटोमोटिभले उत्पादन गर्ने एमके र एमके मोटो ब्रान्डका गुणस्तरीय इनर क्लच, क्लच एसेम्बली, क्लच हब प्लस सेन्टर, क्लच प्लेट, ब्रेक शु, क्लच शु र डिस्क ब्रेक जस्ता फ्रिक्सन प्रोडक्ट पौडेल इन्टरप्राइजेजले उपलब्ध गराउने छ । सबै ब्रान्डका दुई पांग्रे सवारी साधनमा लाग्ने यी स्पेयर पार्ट्स गुणस्तरीय भएको कम्पनीको भनाइ छ । ‘मोबिलिटी सोलुसन्स’ स्लोगनका साथ कम्पनीले विश्वका विभिन्न देशमा आफ्ना उत्पादन उपलब्ध गराउदै आएको छ ।

You might also like

Comments are closed.