पोखरा । पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले तत्कालका निम्ति संघको तर्फबाट ७५ हजार राहत कोषका निम्ति छुट्टयाउने निर्णय गर्दै सो संघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई थप रकम प्रदानका निम्ति आह्वान पनि गरेको छ ।
संघकी महासचिव शोभा गौतममा अनुसार वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यबाट सहयोग प्राप्त भएसँगै एकमुष्ठ रकम कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने छ ।
संघले बुधबार नै भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यो घडीमा स्थानीय प्रशासन, सुरक्षा निकायहरुसँग आवश्यक समन्वय गर्दै उद्धार,राहतका कार्यक्रम संचालन एवं पुनस्र्थापनाका अभियानमा सरिक हुने प्रतिवद्धता जनाएको थियो ।
संघका अध्यक्ष गोकर्ण कार्कीबाट जारी अपिलमा तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी÷व्यवसायी एवं आम नागरिकसँग आग्रह पनि गरिएको थियो ।






Comments are closed.