पोउवा संघमा एपिएफ स्टाफ कलेजको ११ औं ब्याचका शिक्षार्थी

पोखरा । सशस्त्र प्रहरी बलको स्टाफ कलेजबाट ११ औं ब्याचको रुपमा कमाण्ड तथा स्टाफ कोर्स अध्ययनरत अधिकृतहरुले पोखरा उद्योग वाणिज्यमार्फत् निजी क्षेत्रको सुरक्षा चासो,औद्योगिक तथा व्यावसायिक वातावरणबारे जानकारी लिएका छन् ।

एपिएफ स्टाफ कलेजका सहसमादेशक वरिष्ठ प्रहरी उपरीक्षक जहरसिंह बुढामगरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले औद्योगिक सुरक्षामा सशस्त्रसँगको सहकार्य,सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्रको भूमिकाप्रति निजी क्षेत्रको दृष्टिकोणबारे पनि चासो राखेका थिए ।

अन्तक्र्रियाको दौरान उठेका सवालहरुको जवाफ दिँदै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीको पहिलो चासो सुरक्षा नै भएको र सशस्त्र प्रहरीले आफ्नो कार्यक्षेत्रअन्तर्गत औद्योगिक तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीले दिएको योगदान महत्वपूर्ण रहेको बताए ।

एक प्रश्नको उत्तर दिँदै केन्द्रीय सदस्य कार्कीले जेनजी आन्दोलनपछि उद्योग/व्यवसाय पूर्ण क्षमतामा संचालन हुन नसकेको जिकिर पनि गरे ।

अन्तत्र्रिmया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमकी अध्यक्ष शोभा गौतमले सशस्त्र प्रहरी हतियारधारी सुरक्षा बल मात्र नभएर,नागरिक समाजका दैनिक क्रियाकलापसँग सहकार्य गर्ने शक्ति भएको बताइन् ।

अध्यक्ष गौतमले औद्योगिक क्षेत्र भनेको एउटा व्यक्तिले उद्योग संचालन र नाफा प्राप्त गर्ने ठाउँमात्र नभएर रोजगारी प्रदान एवं देशको अर्थतन्त्रलाई उत्पादन र राजश्वबाट टेवा पु¥याउने क्षेत्र पनि भएके बताउँदै त्यहाँ सुरक्षा नहुँदा देशको अर्थतन्त्रलाई पु¥याउने धारणा राखिन् ।
‘औद्योगिक क्षेत्रमा भएको एपिएफको उपस्थितिले उद्योगीहरु ढुक्कसँग निदाउन पाएका छन्,’उनले भनिन्,‘ यहाँहरुले त्यहाँ भएको एपिएफको तैनाथीलाई व्यक्तिको सम्पत्ति सुरक्षाको रुपमा हेर्नु हुने छैन भन्ने हामीले ठानेका छौँ ।’

उनले भन्सार छली र अनधिकृत व्यापारले राज्यले राजश्व गुमाउने मात्र नभएर देशको व्यापार चक्रलाई पनि प्रभावित पार्ने भएकाले त्यो कार्य पूर्णरुपले रोकिनुपर्ने पनि बताइन् ।

एपिएफ स्टाफ कलेजका सहसमादेशक वरिष्ठ प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले उत्पादन,वितरण राम्रो भएका देशहरु नै समृद्ध बनेको चर्चा गर्दै यी क्षेत्रमा आइपर्ने समस्या समग्र राष्ट्रकै समस्या हुने धारणा राखे । सशस्त्र प्रहरीले आफ्नो कार्यक्षेत्रमा रहेको सीमा र औद्योगिक सुरक्षा एवं विपद् व्यवस्थापनका निम्ति निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको पनि उनको भनाइ थियो । उनका अनुसार विपद् व्यवस्थापनका निम्ति सशस्त्र प्रहरीले समुदायसँग सहकार्य गर्दै आइरहेको छ भने नागरिक समाजका सदस्यलाई तालिमसमेत प्रदान गरेको छ ।

सशस्त्र प्रहरीको स्टाफ कलेजले संचालन गरेको तालिममा १५ जना सहभागी यो तालिम त्रिभुवन विश्वविद्यालयबाट स्वीकृतप्राप्त स्नातकोत्तर तह पढाइ भएको उनले जानकारी दिए । स्टाफ कोर्स पूरा गर्नु भनेको सशस्त्र प्रहरीको नेतृत्वमा पुग्ने बाटो बन्नु पनि हो ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव प्रदीप राजभण्डारीको संचालन रहेको अन्तक्र्रिया कार्यक्रममा कार्यसमिति सदस्य मनोहरि पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link