पोखरा । पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि हार्दिक अनुरोध पनि गरेको छ ।
संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्धारा आइतबार जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिवाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायहरुसँग जोडदार माग पनि गरिएको छ ।
संघले उद्योग÷व्यवसाय लयमा फर्कदै गर्दा पुनः ‘मिनि लकडाउन’को अवस्था आउनु निजी क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ । ‘सरकारवाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहां पु¥याउँछ, थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भैसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो’,विज्ञप्तिमा भनिएको छ,‘ फेरि लकडाउन हुनु भनेको कोमामा पुगेको व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुनु हो । हामीलाई ढोका बन्द गरेर बस्ने छुट छैन र हुँदैन पनि ।’
विज्ञप्तिमा संकटको वेला उद्योगी ÷ व्यवसायी माथी दायित्व थपिने उल्लेख गर्दै सुरक्षित रहंदै बजारलाई गतिशिल बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी निति अनुरुप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ति
कोरोना भाइरस ( कोभिड–१९) को दोस्रो लहर र यसवाट उत्पन्न विषम परिस्थिति संगै उद्योग÷व्यवसाय तथा समग्र अर्थतन्त्रमा परेको र भविष्यमा पर्न सक्ने असर प्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ । कोमामा पुगेको उद्योग÷व्यवसाय लयमा फर्कदै गर्दा पुनः मिनि लकडाउनको अवस्था आउनु निजी क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था हो । सरकारवाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहां पु¥याउंछ, थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भैसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सवैको दायित्व र कर्तव्य हो भन्ने संघको धारणा रहेको छ । कोभिडको दोस्रो लहर ज्यादै भयावह र त्रासदीपुर्ण बन्न सक्ने छिमेकी राष्ट्र भारत र नेपालकै बांकेले प्रष्ट पारीसकेको छ । स्वास्थ्य सुरक्षाको कमजोर पूर्वाधार भएको हाम्रो जस्तो मुलुकलाई यो महामारीवाट जोगाउन स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रक्रियाहरु अनिवार्य रुपमा अपनाउनका लागि पोखरा उद्योग वाणिज्य संघ सम्पुर्ण उद्योगी ÷ व्यवासायी तथा आम नाररिकमा हार्दिक अनुरोध गर्दछ ।
संकटको वेला उद्योगी ÷ व्यवसायी माथी दायित्व थपिन्छ । एकातीर आंफु, आफ्ना परिवार र समुदायलाई सुरक्षित राख्नुपर्छ भने अर्कोतिर अत्यावश्यक सामाग्रीको सहज उपलब्धता सुनिश्चित गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । सुरक्षित रहंदै बजारलाई गतिशिल बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी निति अनुरुप तयार हुनु पनी निजी क्षेत्रको कर्तव्य हो । संकटको यो घडीमा उद्योगी व्यवसायीहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे निजी क्षेत्र प्रष्ट हुनैपर्छ । हामीलाई ढोका बन्द गरेर बस्ने छुट छैन र हुँदैन पनि । फेरि लकडाउन हुनु नेको कोमामा पुगेको व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुनु हो । अतः संकटको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ, स्वास्थ्य सुरक्षाका सम्पुर्ण प्रबन्ध सहित व्यापार व्यवसाय संचालन गर्न, दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन सम्पुर्ण उद्योगी ÷व्यवसायीहरुसंग हार्दिक अपिल गर्दछ भने आम उपभोक्ता तथा नागरिकहरुसंग सामान किनमेल गर्दा आवश्यक दुरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछ ।
पोखरा उद्योग वाणिज्य संघ, कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिवाट नागरिकलाई जोगाउन आवश्यक स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायहरुसंग जोडदार माग समेत गर्दछ ।
सुरेन्द्रमान विजुक्छे
महासचिव




Comments are closed.