पोखरा उद्योग वाणिज्य संघले गर्यो सदस्यहरुको दुर्घटना बीमा

पोखरा । पोखरा उद्योग वाणिज्य सघंले आफ्ना सदस्यहरुको लागि दुर्घटना बीमा गराएको छ । संघले सदस्यहरुको लागि एक लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा गराएको हो । संघको सचिवालयमा आयोजित एक कार्यक्रमबीच संघले हिमालयन इन्स्योरेन्सबाट सदस्यहरुको बीमा गराएको जनाइएको छ ।

संघका अध्यक्ष पवन प्रजापती र हिमालयन इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले बीमा लेखमा सम्झौता गरेका छन् ।

उक्त अवसरमा बोल्दै संघका अध्यक्ष प्रजापतीले व्यावसायिक हितमा संघले काम गरिरहेको र त्यसैको दुर्घटना बीमा त्यसैको निरन्तरता रहेको बताए ।

jutta mela

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै दाहालले पछिल्लो समय बीमाको महत्व बुझ्ने क्रम बढेको बताए ।

हिमालयन इन्स्योरेन्सका प्रदेश मेन्टर हरिप्रसाद श्रेष्ठ, संघका पूर्व अध्यक्ष तथा कार्यसमिति पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

हिमालयन इन्स्योरेन्सले एक लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा गराउँदा एक लाख रुपैयाँको एक्सिडेन्टल मेडिकल इन्स्योरेन्स ग्यारेन्टी गर्नेगरी नयाँ प्रडक्ट ल्याएको प्रदेश प्रमुख सुवेदीले जानकारी दिए ।

 

You might also like

Comments are closed.