पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारण सभा तथा ३५औं अधिवेशनको भदौ अन्तिम साता हुने भएको छ ।
संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा मंगलबार बसेको संघको २६औं कार्यसमिति बैठकले भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन अन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी दिएको दिइएको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन घोषणासँगै चुनावी माहौल सुरु भएको छ ।
Comments are closed.