पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी गोकर्ण कार्की विजयी भएका छन् । उनले प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजीत गर्न सफल भएका छन् ।
कार्कीको पक्षमा १३३९ मत आउँदा पोखरेलले ८५१ मत प्राप्त गर्न सफल भएका छन् ।
संघको उपमहासचिवमा सुदिप प्रधानांग विजयी भएका छन् । उनले बालकृष्ण कोइरालालाई पराजीत गरेका हुन् । प्रधानांगले ११७७ मत प्राप्त गर्दा कोइरालाको पक्षमा १०४७ मत खसेको छ ।
अन्य पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।
Comments are closed.