पोउवासंघ निर्वाचन : यस्तो छ बलराम आचार्यको सम्भावित प्यानल

पोखरा । पोखरा उद्योग वाणिज्य संघ यतिबेला निर्वाचन मय भएको छ । भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशन मिति नजिकिएसँगै आकांक्षीहरु चुनावी अभियानमा होमिएका छन् । मनोनयत दर्ताको समय नजिकिएसँगै प्यानल बनाउने अन्तिम कसरत पनि जारी छ ।

यसैक्रममा वर्तमान उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । संघमा २ कार्यकाल कार्यसमिति सदस्य, १ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल महासचिव र हाल उपाध्यक्ष भई काम गरिसकेका आचार्यले आफ्नो लामो अनुभवलाई संस्थाको हितमा उपयोग गर्न नेतृत्वमा आउन लागेको बताएका छन् ।

आचार्य प्यानलका सम्भावित उम्मेदवारहरूमा वरिष्ठ उपाध्यक्षमा दिनेश बास्तोला, उद्योग उपाध्यक्षमा ललित कुँवर, वाणिज्य उपाध्यक्षमा मनोज श्रेष्ठ, महासचिवमा सुदिप प्रधानांग, कोषाध्यक्षमा देवेन्सन प्रजू र उपमहासचिवमा प्रदिप राजभण्डारी रहने स्रोतले बतायो । यद्यपि, यो प्यानल औपचारिक सार्वजनिक भएको छैन ।

आचार्य समूहले कार्यसमिति सदस्यहरूसहितको पूर्ण प्यानल छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

You might also like

Comments are closed.