सातै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन व्यापार मेलामा

उत्तममान बुद्धाचार्य, वरिष्ठ उपाध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव आयोजना गरेको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी मेला अन्यत्र हुने मेला महोत्सव भन्दा फरक शैलीमा सञ्चालन भइरहेको छ ।

मेलामा मोबाइल, आईटी, अटो, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, कृषि उद्यमी, हस्तकलाका सामान मेलाको आकर्षण बनिरहेको छ । मेलामा २२५ वटा स्टल छन् ।

सातवटै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन, त्यहाँको संस्कृति एवं मौलिक रैथाने परिकार समेत मेलामा देख्न सकिन्छ । यसपटकको मेलामा अघिल्ला संस्करणजस्तै अटो, औद्योगिक, मेड इन नेपाल, मोवाइल मेला पनि समावेश छन् । स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने खालका सांस्कृतिक कार्यक्रम एवं खानाका स्टलले मेलामा आकर्षण थपेको छ ।

You might also like

Comments are closed.