मेला सफल बनाउन प्रायोजकहरुको उत्साहजनक साथ पाएका छौं

दीनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ एवं प्रायोजक उपसमिति संयोजक

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव सफल बनाउन प्रायोजकहरुबाट उत्साहजनक साथ पाएका छौं । नेपाल उद्योगा वाणिज्य महासंघ, गण्डकी प्रदेश सरकारले संरक्षकको भूमिका निर्वाह गरेका छन् ।

पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेका छन् भने क्यान महासंघ कास्की, सिएसआईटी एसोसिएसन, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, नेपाल मोबाइल वितरक संघ, मधेश प्रदेश सरकार, भारतीय राजदतावास काठमाडौंले सहकार्य गरेका छन् । बाल्ट्राले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजकमा स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाडौं, समृद्धि स्टिल्स, लक्ष्मी ईन्टर कन्टिनेन्टल (हुण्डाई), सूजल डेरीको सफल दूध जोडिएका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेड, पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप, अन्नपूर्ण फुड्स एण्ड वेभरेज, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, यूनाइटेड अजोड इन्स्योरेन्स, बन्दिपुर केबलकार, यति एअरलाइन्स, खल्ती, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक, बागमती प्लाष्टिक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, फिस्टेल ड्रिमपार्क, चौतारी बुटिक होटल, होटल कुटी पोखरा, होटल गोवा प्यालेस, ग्रिन डेभलपमेन्ट बैंक, डाबर नेपाल, कामना सेवा विकास बैंकले विभिन्न शीर्षकमा प्रायोजन गरी महोत्सवलाई सफल बनाउन साथ दिएका छन् । सबै प्रायोजकप्रति हामी आभारी छौं ।

You might also like

Comments are closed.