पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ पोखरा प्रदर्शनी केन्द्रमा जारी छ । माघ १० सुरु भएको मेला १७ गतेसम्म चल्नेछ । विशेष गरी यस पटकको मेलालाई हामीले फरक शैलीमा अगाडि बढाएका छौं । पछिल्लो समय आर्थिक मन्दीको मारमा निजी क्षेत्र परेको छ । निजी क्षेत्रलाई उत्साहित बनाउने र व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला भइरहेको छ ।
मेलामा १२औं क्यान इन्फोटेक र मोवाइल एक्स्पो पनि समावेश छ । जसले गर्दा मेलामा आकर्षण थप भएको छ । पोखरा औद्योगिक क्षेत्र उद्योग संघ अन्तर्गत रहेर यहाँका औद्योगिक उत्पादनलाई पनि प्रदर्शनीमा राखिएका छन् सूचना प्रविधि, औद्योगिक उत्पादन, महिला उद्यमशीलता प्रवद्र्धन र सांस्कृतिक कार्यक्रमले मेलामा दर्शकको उपस्थिति उत्साहजनक रहेको देख्न सकिन्छ ।
संघले अभिभावकीय जिम्मेवारी बहन गर्दै निजी क्षेत्रको हकहितमा काम गरिरहेको छ । मेला आयोजना हुँदा पनि हामीले यहाँका अन्य संघसंस्थालाई पनि जोड्न सकेका छौं । जुन सकारात्मक पक्ष मान्न सकिन्छ । सबैको साथ, सहयोग र सहकार्यमा मेला सञ्चालन भइरहेको छ ।
कुराकानीमा आधारित
Comments are closed.