शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

 

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको उनले बताए ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उनले भने, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।

You might also like

Comments are closed.