पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा रहेको सिभिल इन्जिनियरिङ्ग विभागको प्राविधिक क्लब CESILको आयोजनामा तथा कलेजको Research Management Cell (RMC) संयोजक ई. कृष्ण घिमिरेको संयोजकत्वमा ‘Estimate Training’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा Urban Development and Building Construction Office (FUDBCO) का ई. अच्युत पौडेलद्वारा तालिम प्रदान गरिएको थियो। तालिममा करिब ४० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। यस तालिमले विद्यार्थीहरूलाई भवन निर्माण सम्बन्धी परियोजनाहरूको लागत अनुमान (cost estimation) गर्ने सीप प्रदान गर्नुका साथै व्यावहारिक दक्षता अभिवृद्धि गर्न ठूलो टेवा पुगेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम समापनको क्रममा संयोजक घिमिरेले यस्ता तालिमहरूले विद्यार्थीहरूलाई भविष्यको निर्माण क्षेत्रको लागि अझ सक्षम बनाउने विश्वास व्यक्त गरे। कलेजले विध्यार्थीहरुलाई प्रसस्तै यस्ता ननक्रेडिटेड प्रशिक्षणहरु निरन्तर दिदै आएको प्रिन्सिपल ई. सोम गुरुङले बताए । प्रशिक्षण २ दिनसम्म चलेको थियो ।
Comments are closed.