स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने पेन्टागन इन्टरनेशनल कलेज

काठमाडौं। विसं २०६६ सालमा स्थापना भएको पेन्टागन इन्टरनेशनल कलेज नेपाली विद्यार्थीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ। ख्याति प्राप्त, अनुभवी र प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित यस कलेजले स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।

कलेजका अध्यक्ष तथा शिक्षाविद् डा. एसपी सिंहका अनुसार पेन्टागनमा १० देखि ३० वर्षको अनुभव भएका प्राध्यापकहरू आफैं सञ्चालक रहेका छन्, जसले शिक्षाको गुणस्तरमा अझ विश्वसनीयता थपेको छ। कलेजका निर्देशक गणपतिनाथ झा भन्छन्, “हामी गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरेर विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउन चाहन्छौं।”

पेन्टागनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधा सम्पन्न पुस्तकालय, मनमोहक क्यान्टिन र काठमाडौं उपत्यकासहित हिमाली दृश्यको अवलोकन गर्ने विशेष सुविधा समेत रहेको छ। साथै, कलेजमा मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता आधुनिक शिक्षण सामग्रीको प्रयोग गरिन्छ।

अध्यक्ष सिंहका अनुसार, “हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीहरूसँग मित्रवत व्यवहार गर्छौं। विद्यार्थीहरूले बिना संकोच आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्न सक्छन् र शिक्षकहरूले कक्षाकोठाभित्र मात्र नभई जुनसुकै बेला सहयोग गर्न तत्पर रहन्छन्।”

कलेजले विज्ञान संकायसँगै व्यवस्थापन क्षेत्रमा पनि उत्कृष्टता स्थापना गरेको छ। व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याब तथा आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको छ। निर्देशक झा भन्छन्, “एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न आधारभूत विषयहरूमा दक्षता दिन योग्य शिक्षकहरूद्वारा अध्यापन गराइरहेका छौं।”

पेन्टागनले अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उत्तिकै महत्व दिएको छ। अन्तर्राष्ट्रिय स्तरको बास्केटबल कोर्ट, क्रिकेट, टेबलटेनिस लगायतका खेलहरूको व्यवस्था गरिएको छ। उपत्यका बाहिरका विद्यार्थीका लागि छात्रावासको समेत सुविधा उपलब्ध छ।

कलेजले विज्ञान, व्यवस्थापन तथा मानविकीका विषयमा अध्यापन गर्दै आएको छ। बोर्डको परीक्षाफल, मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षा तथा विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत प्रत्येक वर्ष पेन्टागनका करिब १०० विद्यार्थी निःशुल्क छात्रवृत्तिमा छनोट भई अग्रस्थान हासिल गर्न सफल भएका छन्।

अध्यक्ष सिंह भन्छन्, “स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै कम खर्चमा स्तरीय शिक्षा उपलब्ध गराउनु र देशको पूँजी पलायन रोक्नु हाम्रो मुख्य उद्देश्य हो। शिक्षक तथा प्राध्यापकहरूलाई नै शेयरधनी बनाई कलेज सञ्चालन गर्नु पनि यही सोचको उपज हो।”

You might also like
Ram Tulasi Palpa

Comments are closed.