पिपुल्स पावर लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रवन्धक

 

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मंसिर ११ गते सो नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको हो । संझौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

jutta mela

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

You might also like

Comments are closed.