काठमाडौं । लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोंगफेंग मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिसको उद्घाटन समारोह सम्पन्न भएको छ । उद्घाटनमा कम्पनी र यसको डोंगफेंग अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिंग डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ, तथा पेरुका विभिन्न व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू उपस्थित भएका थिए ।
यसअघि, पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो । उच्चस्तरीय चिनियाँ कमर्शियल भेइकलहरूको प्रतिनिधित्व गर्ने हाइ-एण्ड GX ट्र्याक्टर, KC डम्प ट्रक र KR कार्गो ट्रक, पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका छन् ।
DFMIEC आधिकारिक रूपमा पेरुमा दर्ता भइसकेको छ र यसले स्थानीय टिम विस्तार गरिरहेको छ । अफिसको स्थापना डोंगफेंगको दक्षिण अमेरिकी बजारप्रति थप प्रतिवद्धता हो। अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूमा छिटो सेवा, छिटो रेस्पोन्स र ग्राहकलाई थप भ्यालु सिर्जना गर्न सहयोग गर्नेछ जसले गर्दा ग्राहक, पार्टनर र डोंगफेंग सबैका लागि लाभ हुनेछ ।
साथै, कम्पनीले लोकल ब्रान्ड प्रमोशन गर्न, ब्राण्ड पहिचान बढाउन र मार्केटिंग गर्नका लागि प्रभावकारी सहयोग गर्नेछ। यो कदम डोंगफेंगको दक्षिण अमेरिकी विकास यात्रामा एक महत्वपूर्ण माइलस्टोन मानिने छ। “DFMIEC को पेरु अफिस स्थापनाले डोंगफेंगको पेरुभियन बजारप्रतिको प्रतिवद्धता देखिन्छ । हामी डोंगफेंगलाई यहाँको बजारमा अग्रणी बनाउन पूरा प्रयास गर्नेछौँ,” पेरुका कमर्शियल भेइकल पार्टनर जपाटाले भने । अर्का कमर्शियल भेहिकल पार्टनर एडिलबेर्तोले थपे, “अब पेरुका ग्राहकहरूले चिनियाँ ब्रान्डको वास्तविक क्षमता नजिकबाट अनुभव गर्न सक्नेछन्, जसले ब्रान्डप्रतिको विश्वास अझ बढाउनेछ।”
उद्घाटनपछि, याङ ताओ, लिउ सुएमिङ र पेरु मार्केटिङ सेन्टर टिमले स्थानीय पार्टनरसँग पेरुमा डोंगफेंगको भविष्य योजनाबारे विस्तृत छलफल गरे। याङ ताओले भने, “डोंगफेंगले पेरु बजारमा दीर्घकालीन रणनीति अपनाउनेछ, आफ्नो उपस्थितिलाई अझ गहिरो बनाउनेछ, र लोकल अपरेसनलाई मजबुत बनाएर एक–दुई वर्षभित्र पेरु बजारलाई दक्षिण अमेरिकी बेन्चमार्क मार्केट बनाउने लक्ष्य राख्नेछ । पेरु अफिसलाई क्षेत्रीय मुख्यालयका रूपमा विकसित गरिनेछ, जहाँबाट लोकल साझेदारहरूको सहायता मार्फत् मार्केटिङ च्यानल, स्पेयर पार्ट्स, तालिम र सेवा क्षमताहरू अझ मजबुत बनाइनेछ ।”
दिउँसो, याङ ताओ र पेरु मार्केटिङ टिमले स्थानीय पार्टनरसँग मिलेर चाइना मिनमेटल्स कर्पोरेसनको पेरु सहायक कम्पनी लास बम्बासको भ्रमण गरे । दुवै पक्षले स्थानीय यातायात उपकरण आवश्यकताहरू, नयाँ ऊर्जा ट्रेण्डहरू, स्थानीय फ्लीट र समुदाय समर्थन परियोजनाबारे विस्तृत छलफल गरे, र साझा विकासका लागि प्रारम्भिक सहमति पनि जुटाए ।
साथै, यांग ताओ र टिमले पेरुका डिलर सान बार्तोलोमको लिमामा रहेको नयाँ डोंगफेंग कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटन समारोहमा पनि भाग लियो । साथै, उनीहरूले युरो मोटर ग्रुपका डेपुटी जनरल म्यानेजर पान्चोसँग वार्षिक लक्ष्य, आफ्टर सेल्स सर्भिस, स्पेयर पार्ट्स, डिलर तालिम र वित्तीय सहयोगबारे चर्चा गरे ।
सान बार्तोलोमका जनरल म्यानेजर जपाटाले भने, “पेरुमा चिनियाँ ब्रान्डको विकास स्पष्ट रूपमा देख्न सकिन्छ । हालका वर्षहरूमा डोंगफेंगका कमर्शियल भेइकलहरूको गुणस्तर निरन्तर सुधार भइरहेको छ, र स्थानीय समर्थन पनि धेरै बलियो बनेको छ । अब सान बार्तोलोमले डोंगफेंगको कमर्शियल टिमसँग मिलेर पेरुमा ग्राहकलाई सुरक्षित, भरपर्दो र समयमै समाधानहरू उपलब्ध गराउने छ ।”




Comments are closed.