काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावित असरका कारण उपत्यकाका पेट्रोल पम्पमा भीड देखिन थालेको छ ।
गाउँ फर्कने क्रम बढेसँगै र पेट्रोलियम पदार्थ अभावको त्रासका कारण आइतवार र सोमबार पम्पहरूमा सवारी लाइन लागेको थियो ।
भीड बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ भने केही पम्पमा म्यादी प्रहरीहरूले व्यवस्थापनमा सहयोग गरेका थिए ।
नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको जानकारी दिएको छ। तर उपभोक्ताले विगतका नाकाबन्दी र अभावको अनुभवका कारण त्रास देखाइरहेका छन् ।






Comments are closed.