‘मिसन १०००’ अभियानसहित पेट्रोनास लुब्रिकेन्ट्सको आवासीय डिलरमिट सम्पन्न

काठमाडौं । लुब्रिकेन्ट्सको क्षेत्रमा लोकप्रिय ब्राण्ड पेट्रोनासको ‘मिसन १००० आवासीय डिलर मिट’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार सुरु डिलर मिट सोमबारसम्म चलेको थियो । नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रालिद्वारा आयोजित उक्त कार्यक्रममा देशभरबाट ४० वटा डिलरबाट प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रालिका प्रवन्ध निर्देशक डिल्लिराज सुवेदीको अध्यक्षतामा तथा बतास अर्गनाइजेसनका भाइस प्रेसिडेन्ट एवं प्रवन्ध निर्देशक शान्तराज बतासको प्रमुख आतिथ्यतामा नगरकोटमा कार्यक्रम भएको बिजनेस हेड श्याम पाण्डेले जानकारी दिए ।

कार्यक्रममा ग्रुप सिएफओ गोपाल दिक्षीत, बनेपा नगरप्रुमख एवं पेट्रोनसका लागि बनेपाको डिलर चैत्यलक्ष्मी इन्टरनेशनल प्रालिका सञ्चालक शान्तिरत्न शाक्यको विशेष उपस्थिति थियो ।

प्रालिका बिजनेश हेड श्याम पाण्डेले बतास अर्गनाइजेसन र त्रिथुंगाबाट भएका कारोबार, प्रालिबाट बिक्री भइरहेको पेट्रोनास लुब्रिकेन्ट्स, ग्लोब्याट अटोमोटिभ ब्याट्री, एमटेक पावर इन्भटरका बारेमा जानकारी गराएका थिए भने प्रालिका सेल्स हेड अभिशेक अधिकारीले पेट्रोनासको क्वालिटी र यो वर्षको कार्ययोजना तथा मिसन १००० कार्ययोजनाका बारेमा बताएका थिए ।

त्यसैगरी प्रालिले उत्कृष्ट डिलरहरुलाई अवार्ड प्रदान गरेको छ । बागमती क्षेत्रमा प्रशंसा अटो ट्रेड लिंक, इस्टर्नमा प्रकाश अटोमोबाइल बिर्तामोड, सेन्ट्रलमा गुगल अटोपार्टस हेटौंडा, वेष्टर्नमा सत्यम सप्लायर्स चितवनले वेष्ट डिलर अवार्ड जितेका छन् । बेस्ट इमर्जिङ डिलर अवार्ड कुमारी अटो ट्रेड लिंकले प्राप्त गरेको छ भने बेस्ट पेमेन्ट डिलर आर.पि. सप्लायर्स नुवाकोटले प्राप्त गरेको बिजनेस हेड श्याम पाण्डेले जानकारी दिए । सत्यम सप्लायर्स चितवनले सबैभन्दा बढी इन्सेन्टिभ प्राप्त गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको अन्तिम क्वाटरमा कम्पनीले थाइल्याण्ड टुर स्किम चलाएको थियो । १३ जना डिलरले उक्त स्किम जित्न सफल भएका थिए । उनीहरुलाई पनि सोही अवसरमा स्किम हस्तान्तरण गरिएको छ । अवार्डसँगै कम्पनीले डिलर सर्टिफिकेट पनि हस्तान्तरण गरेको छ ।

यसैबीच कम्पनीले मिसन १००० केएल अभियान सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा १० लाख लिटर लुब्रिकेन्ट बिक्री गर्ने लक्ष्यसहित कम्पनीले यो अभियान सञ्चालन गरेको हो । उक्त अभियान पुरा गर्न सबै डिलरले प्रतिबद्धता जनाएको बताइएको छ ।

कम्पनीले समय समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । आगामी दिनमा पनि कम्पनीले रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने प्रवन्ध निर्देशक डिल्लिराज सुवेदीले बताए ।

You might also like

Comments are closed.