प्रेसिडेन्सियल ग्राजुएट स्कुलले मनायो १४ औं वार्षिकोत्सव

काठमाडौं । विगत १४ वर्षदेखि शिक्षामा नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित रहँदै आएको प्रेसिडेन्सियल ग्राजुएट स्कुल (PGS) ले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ ।

देशकै प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल प्रेसिडेन्सियल स्कुल विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्न सफल छ । प्रेसिडेन्सियल ग्रेजुएट स्कूल वेस्टक्लिफ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त संस्था हो र यसले नेपालमा वेस्टक्लिफका विभिन्न शैक्षिक कार्यक्रम संचालन गरिरहेको छ ।

विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र कर्मचारीको मेहनतले हरेक वर्ष प्रतिभा विकास र नवप्रवर्तनको दिशामा एक कदम अघि बढ्ने अवसर सृजना भएको स्कुलले बताएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा अध्ययन गरेका विद्यार्थी विभिन्न व्यवसाय, नेतृत्व, सामाजिक सेवासहितका क्षेत्रमा सफलतापूर्वक अग्रपङ्क्तिमा छन् । स्कुल शिक्षामा गुणस्तर, व्यावहारिकता र नैतिकताको संयोजन गर्दै भावी नेतृत्व निर्माणमा केन्द्रित रहँदै आएको छ ।

१५ औँ वर्ष प्रवेशसँगै, स्कुलले शैक्षिक कार्यक्रमहरू विस्तार गर्ने, अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने र प्रविधिमैत्री शिक्षण पद्धतिमा अझ लगानी गर्ने योजनासमेत अघि सारेको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.